रुपेन्द्र पटेल
चन्द्रनिगाहपुर, ६ चैत । जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारी मतान्तरसहित विजय हासिल गरेको छ ।
स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार मो. नौसाद आलम १,१७४ मत प्राप्त गर्दै विजयी बनेका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेती ‘सफल’ले २०३ मत प्राप्त गरे भने अखिल क्रान्तिकारीका अजय पटेलले १७० मत ल्याए ।
सचिव पदमा नेविसंघका शाहिल पुरी १,१२८ मत प्राप्त गर्दै विजयी बनेको छ । उनका प्रतिस्पर्धी अनेरास्ववियुका शुभ श्रेष्ठले २३१ मत तथा अखिल क्रान्तिकारीकी सुस्मिता घलानले १८७ मत प्राप्त गरे ।
कोषाध्यक्ष पदमा नेविसंघकी सम्झना कुमारी चौधरी १,१४८ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका अभिषेक कुमार चौधरीले २११ मत र अखिल क्रान्तिकारीकी अनिसा चौधरीले १८१ मत प्राप्त गरे ।
सदस्य पदमा नेविसंघका विकास कुमार दास, आरजु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, ऋतिक सिंह, रेजिना कुमारी काफ्ले र सुशील कुमार प्रहरी निर्वाचित भएका छन् ।
यस निर्वाचनमा नेकपा एमाले र एकीकृत समाजवादी निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तथा जसपा निकट समाजवादी विद्यार्थी युनियनबीच चुनावी प्रतिस्पर्धा भएको थियो । अनेरास्ववियु तथा अखिल क्रान्तिकारीका उम्मेदवारहरूले उल्लेख्य मत प्राप्त गर्न सकेनन् ।

