राैतहट १ फागुन
राैतहटकाे शिवनगरमा अबैध सालकाे काठसहित पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिइएकाे छ । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत शिवनगर चौकमा अवैध सालको काठ सहितको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट नक्कली बिल बनाई अबैध रुपमा काठ ओसार पसार गर्ने गरेकाे जनाएकाे छ । बुधबार बिहान इलाका प्रहरी कार्यालय शिवनगरमा गाडी चेकजाचका क्रममा नक्कली बिल बनाई अबैध सालकाे काठ ना ४ ख ८७९४ नम्बरकाे पिकअप भ्यानले फर्निचर नाममा काठ ढुवानी गरेकाे प्रहरीले जनाएकाे छ । गाडी बरामत पछि नक्कली बिलको भरमा अबैध सालको काठको कारोवार भईरहेको तथ्य खुलेकाे प्रहरीले जनाएकाे छ । कुनै कागजपत्र नभएको अन्दाजी २२ क्युफिट सालको काठ प्रयोग गरी बनाईएको ५ थान चौकस, ५ थान झ्याल बोकेको उक्त पिकअप गाडी नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेकाे ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले तराई पाेष्टलाई बताउनु भयाे । साे बरामद काठ सहितको ना.४ ख ८७९४ पिकअप गाडी, चालक, आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय रौतहटमा पठाईएको डिएसपी कार्कीले जानकारी दिनु भएकाे छ ।

