राैतहट १ फागुन
राैतहट प्रहरीले भारतीय बजारमा लैजादै गरेकाे पशु नियन्त्रणमा लिइएकाे छ । राैतहटकाे राजपुर नगरपालिकाकाे वडा नम्बर २ बाट नेपालबाट भारतमा बेचबिखन गर्न गाई बाछाे अबैध रुपमा लैजादै गरेकाे अबस्थामा प्रहरीले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । अस्थाई प्रहरी पोस्ट गाैर बसपार्क रौतहटको समन्वयमा अस्थाई प्रहरी पोस्ट बम नहर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहट राजपुर नगरपालिका वडा नं.२ फतुवा स्थित नेपालबाट अबैध रुपमा गाई र बाछो भारत तर्फ डोर्याई लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

६ वटा गाई, १ वटा बाछोसहित नियन्त्रणमा लिइएकाे पशुकाे अन्दाजी मुल्य रु. ६५ हजार बराबरको रहेकाे प्रहरीले जनाएकाे छ । पशु चौपाया भारत तर्फ डोर्याउदै लैजाने रौतहटको राजपुर नगरपालिका वडा नं. २ फतुवा बस्ने बर्ष ४३ को ओहिद अंसारी र यमुनामाई गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २८ को शेख सोहेब आलमलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले जानकारी दिनु भयो । नियन्त्रणमा लिएको पशु चौपाया सहित पक्राउ परेका २ जनालाई थप आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।


