राैतहटबाट हुन्डी रकम १६ लाखसहित २ जना पक्राउ

राैतहट २० माघ
राैतहटबाट हुन्डीका १६ लाखसहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन । रौतहटकाे  सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डीको १६ लाख भन्दा बढी रकम सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको जनाएकाे छ । राैतहटकाे भारतीय सीमा नाका इशनाथ नगरपालिकाकाे वडा नम्बर  ४ महुलिया नाकामा सशस्त्र प्रहरी मठीयाको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकल चेकजाँच  गर्दा १६ लाख ४९ हजार २०० रुपैयाँ सहित उनीहरू पक्राउ परेका हुन । पक्राउ पर्नेमा राजपुर नगरपालिकाकाे वडा नम्बर ४ का वर्ष ४० का शिव मङ्गल साह र वर्ष २३ का प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गणका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिनु भयाे । बरामद  नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको सशस्त्र प्रहरीको सूचना मार्फत जनाएकाे छ ।

ताजा समाचार

Related Articles