राैतहट १८ माघ
राैतहटकाे गाैरबाट बिहिबार अबैध रुपमा भन्सार छली ल्याएका किराना र कपडा लगायतका सामग्री प्रहरीले बरामत गेकाे छ । विहिबार जिल्ला प्रहरी कार्यालय राैतहट मातहतकाे अस्थायी प्रहरी चाैकी गाैर बसपार्कबाट खटिएका प्रहरीले चेकजाच गर्दा भन्सार छली अन्दाजी १ लाख १२ हजार सत्तरी रपैया बराबरका विभिन्न किसिमका किराना र कपडाहरु लगायतका सरसमानहरु नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रबक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिनु भयाे । साे बरामत गरिएका सामग्रीहरु शुक्रबार थप अनुसन्धान तथा कारवाहीका लागि गाैर भन्सार कार्यालयमा बुझाइएकाे समेत रायले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।

