राैतहट १३ माघ
राैतहटकाे चन्द्रनिगाहपुरमा नियम बिपरित कार्य गर्ने ई-रिक्सा नियन्त्रणमा लिइएकाे छ । घाँस दाउरा ढुवानी गर्ने ईरिक्सा डाफेहरु प्रहरीले नियन्त्रणमा लिएका छन । आइतबार राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ स्थित जंगलबाट ई-रिक्साहरुले नियम बिपरित घाँस दाउरा बाेक्ने कार्य गरि सवारी दुर्घटना बढ्न सक्ने जाेखिम सम्भावना भएकाले साे कार्यमा संलग्न ई-रिक्साहरु नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएकाे छ ।नियन्त्रणमा लिइएका साे ई-रिक्सालाई सम्झाई बुझाई गरि पुन यस्ता कार्यमा रिक्साहरु प्रयाेग नगर्ने गरि छाडिएको प्रहरीले तराई पाेष्टलाई जानकारी दिनु भयाे । ई-रिक्साहरु यात्रुहरुलाई यात्रा गराउन मात्रै प्रयाेग गर्न गराउन ई-रिक्साका चालकहरसलाई निर्देशन दिएर छाडिएकाे प्रहरीकाे भनाई रहेकाे छ ।

