रौतहटकी गौरी न्यौपाने इन्सेकको उत्कृष्ट प्रतिनिधि घोषित

रौतहट, ६ माघ । इन्सेकको रौतहट प्रतिनिधि गौरी न्यौपाने २०८१ पुष महिनाको उत्कृष्ट प्रतिनिधि घोषित भएकी छिन् ।  महिलामाथि हुने हिंसा, जातीय छुवाछूत, विभेद र असमानता जस्ता मुद्दाहरूमा कृतसङ्कल्प गौरीले मानव अधिकारका विविध आयामहरूको बारेमा समाचारमार्फत उजागर गर्दै आएकी हुन्।

गौरी न्यौपानेले सामाजिक न्यायका मुद्दाहरूमा पत्रकारितासँगै कानूनी क्षेत्रमा पनि सक्रिय योगदान पुर्‍याउँदै आएकी छिन् । उनको मेहनत र प्रतिबद्धतालाई सम्मान गर्दै इन्सेक अनलाइनले उनलाई उत्कृष्ट प्रतिनिधिको रूपमा चयन गरेको हो ।
गौरी न्यौपानेको यो उपलब्धिले रौतहट जिल्लालाई राष्ट्रियस्तरमा पहिचान दिलाउन मद्दत पुगेको छ।

ताजा समाचार

Related Articles