राैतहट प्रहरीले ज्यादती गरेकाे एक महिलाकाे आराेप

राैतहट २३ पुस
राैतहटमा प्रहरीले लछार पछार गरेर ज्यादति गरेकाे एक महिलाले आराेप लगाएकी छिन । राैतहटकाे देवाही गाेनाही नगरपालिकाकाे वडा नम्वर ३ कि एकल महिला चनिया देवीलाई प्रहरीले आफुमाथी ज्यादती गरेर हात नै भाचिएकाे आराेप प्रहरीमाथी लगाएका छन । गत आइतबार चनिया देवी भारतबाट एक बाेरा चामल र १० किलाे तिल खरिद गरि गाैर भन्सार हुँदै नेपाल ल्याएका थिए । साेही क्रममा गौर भन्सार कार्यालय अगाडि अटोबाट चामलको बोरा उतार्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको र सामान खोसाखोसको भएकाे आराेपित महिलाले बताएकी छिन । प्रहरी र महिलाबिच लछारपछार गर्दा महिलाकाे हात भाँचिएको चनिया देवीकाे आरोप रहेकाे छ । प्रहरी सामु चनिया देवीले चामल खानका लागि हो, नखोस्नुहोस्” भनेर बिन्ती गरे पनि कुनै वास्ता नगरेको उहाकाे भनाई रहेकाे छ । प्रहरीले चामलको बोरा जबरजस्ती खाेस्दा आफू लडेर घाइते भएकाे चनिया देवीले बताउनु भयाे । आफुलाई प्रहरीले नै मलाई अस्पताल पुर्‍यायो तर कसैलाई केही नभन्नु, नभए कारोबार गर्न नदिने धम्की दिएकाे समेत उनकाे दावी रहेकाे छ । साे घटना सम्बन्धमा गौर भन्सार कार्यालय प्रहरी चौकीका इन्चार्ज, प्रहरी सहायक निरीक्षक वृजकिशोर यादवले चनिया देवीका सबै आरोप भने अस्वीकार गरेका छन् । प्रहरीले कसैलाई धक्का नदिएको छैन , कुटपिट पनि नगरे प्रहरीकाे भनाई रहेकाे छ । साे क्षेत्रमा सिसिटिभी क्यामरा छ, अनुसन्धान गर्दा सबै स्पष्ट हुने प्रहरीकाे भनाई रहेकाे छ । महिला आफैँ लडेर घाइते भएपछि प्रहरीले अस्पताल पुर्‍याएर मानवीय सहयोग मात्र गरेका प्रहरी यादवले बताउनु भयाे । घटनाको थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

Related Articles