राैतहट १७ पुस
राैतहट प्रहरीले मंगलबार फरार ३२ प्रतिवादीलाई पक्राउ गरेकाे जनाएकाे छ । जिल्ला अदालत राैतहटले दण्ड जरिवाना फैसला गरेका फरार ३२ प्रतिवादी मंगलबार एकै दिनमा पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । पक्राउ हुनेहरुमा सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना , अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतिमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यक्रम राैतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताउनु भयाे । पक्राउ परेका ३२ जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा मंगलवार उपस्थित गराईएको प्रवक्ता रायले जानकारी दिनु भयाे । उनीहरूबाट जरिबाना स्वरूप करीब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान चलाउनुका साथै तस्करी नियन्त्रणमा कडाई गरिएको छ।

