गैडाटारका उदयमान माेडेल सप्रिमकाे ” गाेप्य छ कुरा ” सार्वजनिक

राैतहट १७ पुस
उपेन्द्र गाेले तामाङ
उदयमान माेडेल सप्रिम बज्युकाे गाेप्य छ कुरा बाेलकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । सेलो गायक सन्जीब घिसिङको युट्युटुव च्यानेलमा साे म्युजिक भिडियो “गोप्य छ कुरा” बोलको भिडियो सार्वजनिक भएको हाे  ।उक्त म्युजिक भिडियो गत हप्ताको शुुक्रबार  सार्वजनिक गरिएको हो । जुन गीतको शब्द सङ्कलन राजु लामा थिङ र मिङमार शेर्पाको साझेदारीमा गरिएको थियो।  गीतमा संगीत स्वयंम घिसिङले नै गरेका हुन । गीतमा स्वर गायिका सुमिना ल्हो र घिसिङ् आफ्नै दिएका छन । गीतमा केटा र केटी बीचको सुरुदेखि अन्तिमसम्म ठट्यौली र माया पिरती संग सम्बन्धित ठट्यौली भाका रहेको छ। म्युजिक भिडियो पाल्देन लामाको निर्देशन र भिडियो पर्दामा सप्रीन बज्यु तामाङ र जस्टिना स्याङ्तानको अभिनय छ भने दुर्गा श्रेष्ठको छायांकनमा म्युजिक भिडियो देखिन सकिन्छ ।
राैतहट गैडाटारका सप्रिम अभिनय क्षेत्रमा उदाएका छन । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे युवा सप्रिम बज्यु तामाङ नव माेडेलकाे रुपमा आफ्नाे नाम स्थापित गर्दै अभिनयमा उदाएका हुन । मकवानपुरकाे बागमति गाउपालिका वडा नम्बर ३ चिरुवा सल्लेनीमा २०५४ सालमा जन्मिएका सप्रिम आपा पदम बहादुर बज्यु र आमा साइली माया बज्युका एक हाेनाहार माेडेल हुन । बज्युकाे चुइगम फाेबारी पहिलाे म्युजिक भिडियाेले चर्चा बटुलेपछि उनकाे माग बजारमा बढेकाे हाे । छाेटाे समयमा तामाङ तथा सेलाे म्युजिक भिडियाेमा चर्चामा परेका सप्रिमकाे दाेस्राे म्युजिक भिडियाे गाेप्य छ कुराले पनि चर्चा पाएकाे छ । धेरै म्युजिक भिडियाेकाे अफर आएकाे तत्काल पुन २ ओटा म्युजिक भिडियाे चाडै आउने आउने समेत तराई पाेष्टकाे कुराकानीले सप्रिमले बताउनु भएकाे छ ।

ताजा समाचार

Related Articles