उपेन्द्र गोले तामाङ
रौतहट ९ पुस
रौतहटको चन्द्रपुर वडा नम्बर ८ का विभिन्न स्थानमा टावर लाइट , सिसि क्यामरा तथा फ्रि वाइफाई जडान कार्यलाई वडा अध्यक्षले प्राथमिकताका साथ तिब्रता दिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा न. ८ का वडा अध्यक्ष प्रविधि मैत्री वडाको निर्माणमा आफुले सो कार्यको थालनी गरेको बताउनुभएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ को सन्तपुर बजार र सुबलाल भागवत विद्यालय क्षेत्रमा सिसि क्यामरा , रात्रीकालिन टावर लाइट र निशुल्क वाइफाई जडानको थालनी गरेको वडा अध्यक्ष जितेन्द्र चौधरीले तराइ पोष्टलाई जानकारी दिनु भयो । सो वडाका वडाबासिको सुरक्षा, आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नयाँ कार्यको थालनी गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो । प्रविधिमैत्री वडाको रूपमा वडा नम्बर ८ लाई विकास गर्नको लागि पछिल्लो समय स्थानीय बासीलाई निःशुल्क इन्टरनेट सुविधा दिन ठाउँ ठाउँमा फ्री वाईफाई जडानको कार्यको थालनी गरेको अध्यक्ष चौधरीको भनाई रहेको छ । रातको समयमा आवतजावतमा सहज हुने र गाउँ टोलमा चोरी,डकैती लगायतका आपराधिक घटनालाई न्यूनीकरण गर्न मदत पुग्ने उदेश्यका साथ चोक चोकमा टावर लाइट एबम् सिसी क्यामेरा जडान गरिएको अध्यक्ष चौधरीले तराई पोष्टलाई बताउनु भयो ।

