गरुडाका नगर प्रमुख जयसवाल सरकारी जग्गाका घर भत्काउन डाेजर चलाउदै

उपेन्द्र गाेले तामाङ
राैतहट ८ पुस
राैतहटका्े गरुडा नगरपालिकामा अतिक्रमण गरिएकाे सरकारी जग्गामा बनाइएका घरहरुमा डाेजर चलाइएकाे छ । राैतहटकाे गरुडा  नगरपालिकाको वडा नम्ब नं. ९ रघुनाथपुरको श्री माध्यमिक विद्यालय नयाँ गमहरिया  नाममा दर्ता रहेको जग्गा ०-६-५ धुर जग्गामा स्थानियले करिब ६७ बर्षदेखी अतिक्रमण गरि स्थायी रूपमा घर बनाएर बसेका थिए । विद्यालयले पटक पटक ताकेता गर्दा समेत विद्यालयकाे ताकेतालाई वास्ता नगरेपछि नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले साेमबार साे स्थानमा बनाइएका घरहरु हटाउन डोजर चलाइ घरहरु भत्काइएकाे छ। सहमतिमा नै विद्यालयकाे जग्गा खाली गराउन बारम्बार अनुराेध गर्दा पनि अटेर गरेपछि बाध्य भएर डाेजर लगाउनु परेकाे नगर प्रमुख जयसवालले बताउनु भएकाे छ । बर्षोदेखी कसैले गर्न नसकेको कार्य नगर प्रमुख जयसवालले चालेकाे याे कदमलाई सबैले  सराहनी र  प्रशंसनी काम गरेकाे  भन्दै प्रशंसा गरेका छन । विद्यालयकाे जग्गन हडपेर बनाइएका घरहरु हटाएर प्रमुखले सराहनीय काम गरेकाे कार्य विद्यालय व्यबस्थापन समितिका निवर्तमान अध्यक्ष राजकुमार दास र  प्रधानाध्यापक राम आधार पासवानले  नगरपालिकालाई धन्यबाद ज्ञापन समेत  गरेका छन ।

ताजा समाचार

Related Articles