राैतहट बृन्दावनका ६८ सुत्केरी महिलाले पाए यातायात खर्च

राैतहट ७ पुस
राैतहटकाे बृन्दावनका ६८ जना सुत्केरी महिलाहरुलाई गर्भवती अबस्थामा गराइएकाे स्वास्थ्य जाँच बापत नेपाल सरकारबाट प्रदान गरिने यातायात खर्च आइतबार वितरण गरिएकाे छ ।  बृन्दावन नगरपालिकाकाे नगर प्रमुख विनाेद कुमार कुर्मीले नगरपालिकाका ६८ जना सुत्केरी महिलाहरुलाई साे रकम वितरण गरेकाे नगरपालिकाले जनाएकाे छ । बृन्दावन नगरपालिकाको वडा  नं. ७ सखुआवा धमौरा स्थित रहेको स्वास्थ्य चौकी सखुआवा धमौरा बर्थिङ सेन्टरमा सुत्केरी महिलाहरुका लागि यातायात खर्च तथा अण्डा वितरण गरिएको हो ।  यसका साथै नगरपालिकाको तर्फबाट प्रत्येक सुत्केरी महिलालाई एक–एक क्रेट अण्डा प्रदान गरिएको जनाइएकाे छ । बृन्दावन नगरपालिकाका नगर प्रमुख कुर्मीले कुनै पनि गर्भवति महिलाहरु कुनै प्रकारको समस्या हुन नदिने एम्बुलेन्सको ब्यवस्था निशुल्क गरेको बताउनु भएकाे छ । आइतबार स्वास्थ्य संयोजक तथा स्वास्थ्य संस्था प्रमुख ईद महम्मद मंसुरको अध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अतिथि बृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी रहनु भएको थियो  ।

ताजा समाचार

Related Articles