सामुदायिक वनबाटै आम्दानी बढाउन रौैतहटमा बहस शुरु

उपेन्द्र गोले तामाङ
रौतहट २८ मंसिर
रौतहटमा सामुदायिक वन क्षेत्रमा प्राप्त हुने कच्चा पदार्थहरुलाई सदुपयोग गरि मनग्य आम्दानी गर्न बहस शुरु भएको छ । सामुदायिक वनबाट वनको संरक्षण गर्न सके आन्तरकि पर्यटक तथा बाह्य पर्यटकहरुसमेत भित्र्याउन सकिने विज्ञहरुले बताएका छन । त्यसैगरि सामुदायिक वनमा पाइने जरिबुटीहरुबाट उद्यम सञ्चालन समेत गर्न सकिने एक कार्यक्रममा बत्ताहरुले बताएका छन । शुक्रबार सम्पन्न सामुदायिक बन उपभोक्ता महासंघद्धारा रौतहटको बृन्दावन नगरपालिकामा आयोजना गरिएको नगर स्तरीय छलफल तथा अन्तक्रिया कार्यक्रम सो विषयमा बहस भएको हो । सामुदायिक बन उपभोक्त महासघ नेपाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिकाको सहकार्यमा स्थानीय स्तरका समन्वयात्मक कार्यहरूबाट नेपालमा सामुदायिक बन अधिकार सुनिश्चितता परियोजना कार्यक्रम अन्तर्गत स्थानीय नगर वन ऐन तथा वन क्षेत्रमा पर्यटन र उधम सञ्चालनका लागी सम्भाव्यता अध्ययन र नगर स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम बृन्दावनमा सम्पन्न थियो । बृन्दावन नगरपालिकाको सभा हलमा सम्पन्न सो कार्यक्रममा स्थानिय स्तरमा रहेका वन क्षेत्रलाई संरक्षण गर्दै वनबाट प्राप्त हुने कच्चा पदार्थहरुलाई सहि तरिकाले सदुपयोग गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिने बत्ताहरुले जिकिर गरेका थिए । वन क्षेत्रमा पाइने विभिन्न किसिमका औषधीमुलक वनस्पतिहरुलाई संकलन गरि उद्योग समेत सञ्चालन गर्न सकिने भएकाले स्थानिय सरकारले पनि यस सम्बन्धमा चासो देखाउनु पर्नेमा स्थानियले जोड दिएका थिए । सो कार्यक्रममा बृन्दावन नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सोही नगरपालिकाका वडा नम्बर १ देखि ९ नम्बर वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्युहरु,नगरपालिकाका कर्मचारी ,डिभिजन वन कार्यालय रौतहटका प्रतिनिधि , मधेस प्रदेश महासंघ तथा संघीय महासंघका प्रतिनिधी, सरोकारवाला , पत्रकार लगायत विशिष्ट ब्यक्तिहरुले सहभागीता जनाएको सामुदायिक वन उपभोक्ता महासंघ रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles