युएई १७ मंसिर (२ डिसेम्बर २०२४ )
तामाङ समाज युएइ दुबई क्षेत्रीय समितिकाे अधिबेशन आइतबार सम्पन्न भएकाे छ । डिसेम्बर १ मा सम्पन्न साे अधिबेशनले निमा ग्याल्बाे वाइबाकाे अध्यक्षतामा २३ सदस्यीय तामाङ समाज युएई दुबइ क्षेत्रीय समिति चयन भएकाे छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा फुर्वा योन्जन , उपाध्यक्ष तेन्जिङ लामा , बुद्ध मोक्तान र तेवाङ लामा सचिव मिलन लामा सह सचिव काजल स्याङ्तन , महिला प्रमुख अञ्जली नेगि तामाङ खेलकुद सचिव बिजय लामा कला संस्कृति सचिव मिलन बोम्जन काेषाध्यक्ष सुनिल लामा सह काेषाध्यक्ष राम गोङ्बा तामाङ सदस्यहरुमा सपना दोङ , माया तामाङ , माय दोङ तामाङ , प्रकाश तामाङ , ख्याली तामाङ , सोनी ब्लोन , प्रिया स्याङ्बो , मिना तामाङ , सन्जु तामाङ , बिरोध तामाङ र अम्बिका तामाङ निर्बिराेध चयन भएकाे तामाङ समाज युएईले जनाइएकाे छ । त्यसैगरि शार्जाह क्षेत्रीय समितिको अधिवेशनबाट धिरेन्द्र लामाको अध्यक्षतामा १३ सदस्यीय समिति चयन भएका छन । तामाङ समाज युएई शार्जाह क्षेत्रीय समितिको अधिवेशन वरिष्ठ उपाध्यक्ष सविन तामाङ उपाध्यक्ष अनिशा बल सचिव सायल मोक्तान काेषाअध्यक्ष अन्जित लामा र सदस्यहरुमा अस्मिता लामा , सुशीला तामाङ , मिश्र लामा , राम माया लामा , विबेक योन्जन र धनराज तामाङ चयन भएकाे तामाङ समाज युएईले जनाएकाे छ ।

