राैतहटमा देउसीभैलाेबाट संकलित रकम मृगाैला पिडितलाई सहयाेग

राैतहट २९ कार्तिक
राैतहटकाे चन्द्रपुरमा देउसी भैलाेबाट उठेकाे रकम स्थानिय मृगाैला पिडितलाई सहयाेग गरेकाे छ । जीवन विज्ञान ध्यान योग केन्द्र चन्द्रपुरले मृगौला पीडित सुजाता कार्कीलाई साे रकम आर्थिक सहयोगकाे रुपमा प्रदान गरेकाे छ । बुधवार पिडितको घर चन्द्रपुर-४ जङ्गलटोलमा नै पुगेर जिवन बिज्ञान ध्यान केन्द्रका पदाधिकारीहरुले रकम हस्तान्तरण गरेकाे संस्थाका मधेश प्रदेशका संयाेजक शैलेश पाैडेलले तराई पाेष्टलाई बताउनु भयाे । देउसी भैलोबाट संकलन गरेको रकम रु १८ हजार सहयोग गरिएको संयोजक पौडेलले बताउनु भयाे । परिवारको आर्थिक अवस्था कमजोर भएपछि कार्कीको उपचारार्थमा सहयोग पुर्‍याउने उद्देश्यले देउसि भैलोबाट संकलन भएको रकमले सहयोग गरेको संयोजक पौडेलको भनाई छ ।

ताजा समाचार

Related Articles