पत्रकार महासंघ राैतहट शाखाकाे ताला विहिबार खुल्ने

राैतहट २८ कार्तिक
नेपाल पत्रकार मशासंघ राैतहट शाखामा लगाइएकाे ताला विहिबारबाट खुल्ने भएकाे छ । लामाे समयदेखि सदस्यता बितरणमा नाताबाद भएकाे भन्दै संघका केही असन्तुष्ट सदस्य तथा राैतहटका क्रियाशिल पत्रकारहरु राैतहट शाखाकाे कार्यालयमा ताला लगाइएकाे थियाे । नेपाल पत्रकार महासंघ रौतहट शाखामा बिगत महिनौ देखि लागेको तालाबन्दी खुलाउन स-सचिब संजय सहनी नेतृत्वमा कार्य समिति सदस्य नन्दभुसन श्रीबास्तब सहितको बार्ता टोलीले बुधबार आन्दोलनरत र असन्तुष्ट पक्षको नेतृत्व गर्दै पाल्नु भएका अग्रज पत्रकारहरु बिनयलाल दास ,किशोरी यादव र राकेश यादव बिच सदरमुकाम गौरमा  छलफल तथा बार्ता गरेकाे थियाे । साे बार्ताबाट विहिबार बिहान १० बजे ताला खाेल्ने गरि सहमति भएपछि ताला खाेल्ने भएकाे हाे । बार्ता टोली बिच भएको सहमति अनुसार कार्तिक २९ गते बिहिवार बिहान १० बजे नेपाल पत्रकार महासंघ रौतहट शाखामा लागेको ताला खुल्ने लगायत विभिन्न ४ बुदे निर्णय गरिएको सहसचिव संजय सहनीले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।

ताजा समाचार

Related Articles