रौतहटसहित तराई मधेसमा धुमधामसाथ छठ मनाइँदै

रुपेन्द्र पटेल
रौतहट, २२ कार्तिक । श्रद्धा, भक्ति र धार्मिक आस्थाले ओतप्रोत तराई–मधेसको महत्वपूर्ण पर्व छठ अन्तर्गत बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । रौतहटसहित तराईका विभिन्न जिल्लामा श्रद्धालुहरुले नदी, पोखरी, र तलाउमा संझा अर्घ दिँदै चार दिनसम्म चल्ने यो पर्वलाई धुमधामसाथ मनाइरहेका छन् ।
छठ पर्व गत मङ्गलबार ’नहाय–खाय’ विधिबाट सुरु भएको थियो । बुधबार ’खर्ना’ विधिमा व्रतालुहरुले उपवास राखी खीरको प्रसाद ग्रहण गरे, जसलाई छठको दोस्रो दिनको महत्वपूर्ण धार्मिक विधि मानिन्छ । बिहीबार (आज) पर्वको तेस्रो दिन, श्रद्धालुहरुले अस्ताउँदो सूर्यलाई विशेष सम्मान र अर्घ अर्पण गरेर सन्ध्या पूजा सम्पन्न गरेका छन् ।
सन्ध्याको पूजा सम्पन्न गरेपछि व्रतालुहरुले विभिन्न ताल, पोखरी तथा नदिमा सजाइएको टेन्टमा रात बिताउँछन् । छठ पर्वको अन्तिम दिन भोलि शुक्रबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पर्वको समापन गरिने छ । यसलाई उदाउँदो सूर्यको उपासना र कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण दिन मानिन्छ ।
छठको बेला विशेष गरी मधेसको विभिन्न नदी, पोखरी, र तालहरुमा उल्लासमय वातावरण छाएको छ । पूजा स्थलहरुमा भव्य सजावट र भक्तजनहरुको भीड रहेको छ, जसले छठको पवित्रता र सौन्दर्यलाई थप उजागर गरिरहेको छ ।

ताजा समाचार

Related Articles