छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइने

रुपेन्द्र पटेल
रौतहट, २२ कार्तिक । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । रौतहटसहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । आम सर्वसाधारणमा हुलास देखिएको छ । छठ मनाउन रौतहटका १८ वटै स्थानीय तहले विभिन्न नदि, ताल , पोखरीमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ ।

ताजा समाचार

Related Articles