राैतहट १९ कार्तिक
राैतहटकाे गैडाटारमा मंगलबार एक दिवसीय स्थानिय भेट्रान फुटबल प्रतियाेगीता हुने भएकाे छ । कार्तिक २० गते चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटारस्थित पुरानाे टाेल खेल मैदानमा बिहान ७:३० बजे उद्घाटन खेल हुने आयाेजक नमुना युवा क्लवले जनाएकाे छ । प्रतियोगिताकाे पहिलो खेल बिहान ७:३० बजे नमूना भेट्रान क्लब र कछडिया भेट्रान क्लबबिच हुन क्लवका उपाध्यक्ष श्याम चाैहानले तराई पाेष्टलाई जानकारी दिनु भयाे । त्यसै गरि गरी दोश्रो खेल बिहान ८:३० बजे प्रणामी भेट्रान समूह र जनशक्ति भेट्रान क्लब , तेश्रो खेल दिउसाे १ बजे नमूना भेट्रान क्लब र प्रणामी भेट्रान समुह त्यसैगरी चौथो खेल २ बजे कछडिया भेट्रान क्लब र जनशक्ति भेट्रान क्लबबिच हुने फाइनल खेल दिउसने ३ बजे हुने आयाेवकले जनाएकाे छ । विगत लामाे समयदेखि साे क्लवले विभिन्न किसिमका सामाजिक कार्यहरु पनि गर्दै आइरहेकाे छ । यश प्रतियाेगीतालाई पनि सहज रुपमा सम्पन्न गर्न आम स्थानियले खेलप्रमी महानुभावहरुलाइ अपिल समेत गरेकाे छ ।

