रौतहटका युवा नेतृ भण्डारी भुमि समस्या समाधान आयोगको केन्द्रिय सदस्यमा नियुक्त

उपेन्द्र गोले तामाङ
रौतहट १३ कार्तिक
रौतहटका युवा नेतृ आरती भण्डारी भुमि समस्या समाधान आयोगको केन्द्रिय सदस्यमा नियुक्ति हुनु भएको छ । सोमबार बसेको नेपाल सरकारको मन्त्रि परिषदको निर्णयबाट भण्डारी केन्द्रिय सदस्यमा नियुक्त हुनु भएको हो । विद्यार्थी जीवनकालबाट नै राजनितिमा होमिएका भण्डारी नेकपा एमाले रौतहटका युवा नेतृ तथा एमाले मधेश प्रदेश कमिटिका उपसचिव समेतको कार्यभार सम्हाल्दै आउनु भएको छ । नेपालका सम्पुर्ण भुमिहिन दलित र सम्पुर्ण भुमिहिन सुकुम्बासीहरुलाइ न्यायोचित रातो पुर्जा बितरण गर्न भण्डारीको भुमिका महत्वपूर्ण रहनेमा रौतहटका एमाले कार्यकर्ताहरु ढुक्क रहेको नेकपा एमालेका केन्द्रिय सदस्य उद्धव रेग्मीको दावी गर्नु भएको छ । उहाको कार्य सफलताको शुभकामना रौतहटका एमाले नेता तथा कार्यकर्ताहरुले दिन थालेका छन । तराई पोष्ट साप्ताहिकको तर्फबाट पनि नेतृ भण्डारीको कार्यकाल सफल रहोस हार्दिक बधाई अनि शुभकामना ।

ताजा समाचार

Related Articles