सोमबार उपप्रमुखले गरे चन्द्रनिगाहपर बजार अनुगमन , अखाद्य बस्तु बरामत गरि नष्ट

उपेन्द्र गोले तामाङ
रौतहट १२ कार्तिक
रौतहटको चन्द्रनिगाहपुर बजार सोमबार अनुगमन गरेको छ । चन्द्रपुर नगरपालिकाका नगर उपप्रमुख जयमाला चौधरीको नेतृत्वमा सोमबार उपप्रमुखसहित कर्मचारीहरुले चन्द्रपुर बजार अनुगमन गरिएको हो । अनुगमनको क्रममा म्याद नाघेका अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको चन्द्रपुर नगपालिकाका उपप्रमुख जयमाला चौधरील जानकारी दिनु भयो । चन्द्रनिगाहपुरमा हप्ताको २ दिन सोमबार र शुक्रबार हाड बजार लाग्दै आएको छ । यसका साथै सातै दिन राजमार्ग लगायत ग्रामिण क्षेत्रमा समेत विभिन्न किसिमका माछा मासुको पसल , होटल , होलसेल लगायत किराना पसल , खाद्यान्न पसलहरु दैनिक रुपमा सञ्चालनमा रहेका छन । ति पसलहरुमा अनुगमन नगर्दा उपभोक्ताहरुले म्याद गुज्रिएका , सडेगलेका खाद्य सामगीहरु उपभोग गर्दै आइरहेको पाइएको आफुले सोमबार बजार अनुगमन गरेको उपप्रमुख चौधरीले तराई पोष्टलाई जानकारी दिनु भयो । रौतहटको मुख्या ब्यापारी केन्द्रको रुपमा चिनिने चन्द्रनिगाहपुरमा म्याद सकिएका खाद्यान्नहरु विक्रि वितरण गरिरहेको उपभोक्ताहरुले गुनासो गर्दै आएका थिए । हाड बजारमा खुल्ला रुपमा तरकारी माछा मासु लगायतका खाद्यान्न भुइमा नै राखेर विक्रि गरिरहेकाले उचित सुरक्षाका साथ ति सामग्रीहरु विक्रि गर्न चौधरीले ब्यापारीहरुलाई निर्देशन समेत दिनु भएको छ । स्थानिय उपभोक्ताले समेत म्याद चेकजाच गरेर मात्रै सामानहरु किनमेल गर्नु पर्नेमा उपप्रमुख चौधरीले जोड दिनु भयो ।

ताजा समाचार

Related Articles