रौतहटको चन्द्रनिगाहपुरमा भिटेनको धमाका

उपेन्द्र गोले तामाङ
रौतहट ११ कार्तिक
रौतहटको चन्द्रनिगाहपुरमा च्यारिटी कन्सर्ट हुने भएको छ । टाटा हाउस अफ जेन्टलम्यान र चिडियादह स्टार क्लवको आयोजनामा सो कन्सर्ट हुने आयोजकले तराई पोष्टलाई जानकारी दिएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित तुलसीलाल स्मृति खेल मैदानमा यही कार्तिक १९ गते कन्सर्टको आयोजना गरिएको चिडियादह स्टार क्लवले जनाएको छ । कन्सर्ट अवलोकन गरी मनोरञ्जन लिनका लागी भिआईपी टिकट दर ५ सय रुपिया र सर्वसाधरणका लागी ३ सय रुपिया शुल्क तय गरिएको बताइएको छ । सो कन्सर्टबाट संकलित रकम चन्द्रपुर नगरपलिकाको वडा नम्बर ४ कि बर्ष २२ का सुजता कार्कीको मृगौला प्रत्यारोपणका लागी उपचार खर्च सहयोग गर्ने आयोजकले जनाएको छ । कन्सर्टमा चन्द्रनिगाहपुर चर्चित र्यापर गायक भिटेनका साथमा उर्गेन मोक्तान , आरएच खत्री र कमेडियन अमरेन्द्र यादवको समेत प्रस्तुति रहने बताइएको छ ।

ताजा समाचार

Related Articles