वरियारपुरमा लाग्ने पञ्चबर्षीय गढीमाई मेलाको शोत्रा यात्रा निकालियो

वरियारपुर (बारा), १७ असोज । विश्वमा प्रख्यात रहेका बाराको गढीमाई मन्दीरमा लाग्ने पञ्चबर्षीय मेलाको आज विहिवार विधिवत रुपमा शोभा यात्रा निकालिएर उदघाटन भएका छन् ।
प्रत्येक पाँच बर्षमा अपार हर्ष र उल्लासका साथ गढीमाई माताको मन्दीरबाट पञ्चे बाजागाँजा सहित निस्किएको शोभा यात्रा २० किलोमिटरको यात्रा तय गरेर पुनः गढीमाईको मन्दीरमा आएर सम्पन्न भएका हुन् ।
वारा जिल्लाको महागढीमाई नगरपालिकाको वरियारपुरमा अवस्थित माता गढीमाईको मन्दीरमा आज विहानै देखि हजारौं श्रद्धालु भक्तजनहरु शोभा यात्रामा सहभागी हुन उपस्थित भएका थिए । विहान १० बजे सुरु भएको भव्य शोभा यात्रामा हात्ती, घोडा, उँट, विभिन्न झाँकी सहित दुलदुल घोडा, खुर्दक बाजा, सहित सहभागी हुँदा गढीमाईको विधिवत रुपमा उदघाटन भएको छ ।
मौसम प्रतिकुल भएपनि माताको कृपा एवं आगमनको धुन संगै उहाँ शोभा यात्रा निर्विध्न रुपमा गढीमाई मन्दिरबाट सुरु भई बरियापुर गाउँ हुँदै वरियारपुर इनर्वा चोक, तेलकुवा चौक हुदै नहर हुदै बसतपुर चौक, मटिअर्वा चौक देखि शितलपुर–विश्राम्पुर, कलैया भरत चौक, गुप्ता पेट्रोल पम्प देखि अन्सारी पेट्रोल पम्प, अदालत रोड रामपुर–विजुलपुर देखि गंजभवानीपुर दहिया हुँदै गढिमाई मन्दीर सम्म आएर २० किलोमिटरको शोभा यात्रा सम्पन्न भएको महागढीमाई नगरपालिकाको नगर प्रमुख तथा मेला मूल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताए ।
आउदो मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलाका लागि आज भव्य शोभा यात्रा निकालिएर आधिकारीक रुपमा मेलाको सुरुआत भएको उनले भने । शोभा यात्रामा हजारौं हजार श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले जानकारी दिइ ।
उनका अनुसार मन्दिर परिसरबाट निस्किएको शोभायात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँ भएर करिव २० किलोमिटर सम्मको परिक्रमा गरी विधिवत रुपमा सम्पन्न गरिएको उनले स्पष्ट पारे ।

ताजा समाचार

Related Articles