चन्द्रनिगाहपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा

राैतहट १५ असाेज
राैतहटकाे चन्द्रनिगाहपुरमा मंगलबारबाट यात्रु सहायता कक्ष सञ्चालनमा अाएकाे छ ।  २०८१ सालको बिजयादशमीको उपलक्ष्यमा विभिन्न स्थानहरूवाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजिकरणको लागि कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर भन्दा आफुखुसि बढी भाडा लिएको वा नलिएको अनुगमन गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने उद्देश्यले मंगलबारबाट सहायता कक्ष सञ्चालनमा अाएकाे  ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्र.ना.उ.राज कुमार राईले जानकारी दिनु भयाे । कार्यक्रममा जि.ट्रा.प्र.का.चन्द्रनिगाहपुरका प्रमुख प्र.नि.लोकेन्द्र अधिकारीको संयूक्तमा  नागरिक समाज , संचारकर्मीहरू समेतको उपस्थितिमा साे कक्ष सञ्चालनमा ल्याइएकाे हाे । रौतहटकाे चन्द्रपुर नगरपालिका वडा नं ४ चन्द्रनिगाहपुर मेनचोकमा “यात्रु सहायता” कक्षको स्थापना गरी संचालन गरिएको प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

Related Articles