अतालियो वृन्दावनका मेयर,पन्छिन थाले प्रधानाध्यापक

वृन्दावन, ६ असोज । तराई पोष्टले वृन्दावन नगरपालिकामा हुने अनियमताको विषयमा समाचार प्रकाशन गर्न थालेपछि सो पालिकाका नगर प्रमुख विनोदप्रसाद कुर्मी अतालिएका छन् । तराई पोष्टले दिवा खाजा कार्यक्रममा भएको अनियमितताको विषयमा प्रमाणहरू सार्वजनिक गर्न थालेपछि नगर प्रमुख कुर्मी अतालिएका हुन ।
सो पालिकामा दिवा खाजा कार्यक्रमको रकम भुक्तानीमा कमिशन लिएको विषयले विवाद सृजना भएको छ । तराई पोष्टले प्रमाणहरू बाहिर ल्याएपछि मेयर कुर्मीले नगरपालिकाको लेटरहेडमा खेद प्रकट गर्दै समाचारलाई आधारहीन, तथ्यहीन, र कपोकल्पित भन्दै प्रतिवाद गरेका छन् ।
घटनाको सुरुवात लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालयका प्रधानाध्यापक रम्भु प्रसाद यादवले मेयर कुर्मी र प्रमुख कार्यकारी अधिकृत खिमबहादुर भुजेललाई ५ लाख रुपैयाँ घुस दिएको भिडियो भाइरल भएको थियो । यो भिडियो बाहिरिएपछि तराई एक्सप्रेस दैनिकले समाचार प्रकाशित ग¥यो, जसमा प्रधानाध्यापक यादवको कमिशन दिएको स्वीकार गरेको छ । तराई एक्सप्रेसले आफ्नो समाचार भिडियोमा आधारित र प्रमाणसहितको भएको दाबी गरेको छ ।
यद्यपि, मेयर कुर्मीलाई कपोकल्पित भन्दै प्रेस काउन्सिल र अदालतमा जान चुनौती नै दिएका छन् । तराई एक्सप्रेस र तराई पोष्टले समाचारमा कुनै कपोकल्पित कुरा नरहेको भन्दै मेयरलाई नियमनकारी निकायमा जान चुनौति दिएका हुन् । वृन्दावन नगरपालिका वडा नं–२ का वडा अध्यक्ष सिकेन्द्र पटेलले पनि मेयर कुर्मी र प्रमुख कार्यकारी अधिकृत भुजेललाई भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै, दिवा खाजाको रकमबाट मात्र नभएर अन्य शीर्षकहरूमा पनि व्यापक अनियमितता भएको बताउँदै आएका छन् । पटेलका अनुसार दिवा खाजाको रकमबाट कमिसन लिने काम लगातार भइरहेको छ, जसले गर्दा नगरपालिका भित्रको भ्रष्टाचारको जालो अझ फैलिएको छ । तराई पोष्टले आगामी दिनमा पनि वृन्दावन नगरपालिकामा भइरहेका अनियमितताबारे निरन्तर रुपमा समाचार प्रकाशित गर्ने प्रतिबद्धता जनाएका छन् ।
सञ्चारमाध्यमले मेयर कुर्मीको कर्तुत बाहिर ल्याउन थालेपछि आफ्नो सफाइमा खेद प्रकट गरेको चित्त बुझाएको वृन्दावन नगरपालिका वडा नं–४ का वडाअध्यक्ष श्यामनन्दन यादवले बताएका छन् ।
यता लक्ष्मीनाथ वासुदेव आधारभूत विद्यालयका प्रधानाध्यापक रम्भूप्रसाद यादवले घुस प्रकरणमा आफैंले दिएको बयानबाट पन्छिन थालेका छन् । यसअघि उनले वडाअध्यक्ष सिकेन्द्र पटेलको प्रश्नको जवाफमा शिक्षा संयोजकमार्फत मेयर र प्रमुख कार्यकारी अधिकृतलाई कमिसन दिएको स्वीकार गरेका देखिन्छ । तर, तराई पोष्टले उक्त भिडियो सार्वजनिक गरेपछि यादवले आफ्नो अघिल्लो भनाइबाट पछि हट्दै विभिन्न सञ्चारमाध्यमहरूमा वडाअध्यक्ष पटेलमाथि नै आरोप लगाउन थालेका छन् । यद्यपि, भिडियोमा स्पष्ट रूपमा यादवले घुस दिएको स्वीकार गरेका कारण यो प्रकरणले वृन्दावन नगरपालिकामा व्यापक चर्चा पाएको छ । प्रधानाध्यापक यादवले मेयरको डिजाइनमा आफुमाथि आरोप लगाइ रहेको वडाअध्यक्ष सिकिन्द्र पटेलको भनाइ रहेको छ । यादवले बाली फेरिएपछि झन विवादमा फसेको छ । अब सम्बन्ति निकायले यो प्रकरणलाई छानबिन गरी सत्थतथ्य बाहिर ल्याउल जरुरी देखिन्छ । तराई पोष्ट साप्ताहिक पत्रिकाबाट सभार

ताजा समाचार

Related Articles