पत्रकार फणी महतको उपचारका लागि आर्थिक सहयोगको अपिल

रुपेन्द्र पटेल
रौतहट, ३१ साउन: चन्द्रनिगाहपुरका प्रतिष्ठित सञ्चारकर्मी तथा अन्नपूर्ण पोष्टका रौतहट संवाददाता र प्रेस चौतारी नेपालका मधेश प्रदेश अध्यक्ष फणी महत विगत दुई वर्षदेखि गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका छन्। महत रौतहट स्थित चन्द्रनिगाहपुरमा रहेको रेडियो सुप्रीमका संचालक पनि हुन् । उनको टाउकोमा ट्युमरको समस्याका कारण अस्वस्थ भएका छन् ।
उनको उपचारका लागि काठमाण्डौ र दिल्लीका अस्पतालहरूमा ५० लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ, तर उनी पूर्ण रुपमा स्वस्थ हुन सकेका छैनन् । चिकित्सकहरूले थप उपचारका लागि तुरुन्तै भारतको दिल्ली जानुपर्ने सल्लाह दिएका छन्, जसका लागि ठूलो आर्थिक सहयोग आवश्यक छ।
हाल आर्थिक संकटमा रहेका महतलाई थप उपचारका लागि तत्काल १५ लाख रुपैयाँभन्दा बढी रकमको आवश्यकता रहेको छ। यस विषम परिस्थितिमा, महतका साथीभाइ, शुभचिन्तक र समाजका सबै तहका व्यक्तिहरूले सकेको सहयोग गरेर उनको जीवन रक्षा गर्न अपिल गरिएको छ।
सहयोग गर्ने इच्छुकहरूले तल दिइएको क्यूआर कोडमार्फत रकम पठाउन सक्नेछन्। समाजका हरेक तप्काबाट सहयोग जुटाउने उद्देश्यले यो अपिल गरिएको हो, जसले गर्दा महतको स्वास्थ्यमा सुधार ल्याउन सकियोस् र उनी पुनः आफ्नो पेशामा फर्कन सकून्।

ताजा समाचार

Related Articles