नगरपालिकामा सडक ढलानमा सफलता: मेयर जयसवालको नेतृत्वमा बिकासको नयाँ अध्याय

रुपेन्द्र पटेल 
गरुडा,३१ साउन । गरुडा नगरपालिकाको सडक ढलानमा हालै उल्लेखनीय प्रगति भएको छ। नगर प्रमुख कन्थमनि प्रसाद जयसवालको नेतृत्वमा गरुडा स्थित नेपाल कम्प्युटर सेन्टर जाने सडक ढलान गरिएको छ। यो कार्य सफलतापूर्वक सम्पन्न हुन स्थानीय जनप्रतिनिधिहरूले धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो ।

मेयर जयसवालको पहलमा यो सडक विस्तार र ढलान सम्पन्न गर्न धेरै कठिनाईहरू आउनु स्वाभाविक थियो। विभिन्न चुनौती र बाधा अवरोधहरू सामना गर्नुपर्ने भए तापनि, मेयर जयसवालले आफ्नो अठोट र प्रतिबद्धताका कारण यो सडक बिस्तार गराएर ढलान गर्न सफल भएका छन्। उनी भन्छन्, “काम गर्ने इच्छाशक्ति भए, कुनै पनि बिकास निर्माणको कामलाई रोक्न सकिँदैन।”

यो उदाहरण मात्र नभई गरुडा नगरपालिकामा जारी बिकास निर्माण कार्यको एउटा नमुना हो। हालैको साउन महिना पनि गरुडामा नाला निर्माण र सडक ढलानको कार्य भइरहेको देखिएको छ, जसले अन्य पालिकालाई नयाँ शिक्षा दिएको छ। जबकि धेरै पालिकाहरूले बिकास कार्यका लागि जेठ र असार महिना कुर्नुपर्ने ठानेका छन्, मेयर जयसवालको सोच फरक छ। उनले नयाँ आर्थिक वर्षको सुरुवातसँगै बिकास निर्माण कार्यलाई अगाडि बढाइरहेका छन्।

नगर प्रमुख जयसवालले भने, “बिकास गर्न जुन महिना पनि उपयुक्त हुन्छ। जुन महिना जति खेर पनि बिकास निर्माण कार्य गर्न सकिन्छ भन्ने मान्यतामा हामी अगाडि बढिरहेका छौं।”
यो उदाहरणले अन्य पालिकाहरूलाई बिकास निर्माणको काममा नया दृष्टिकोण र सक्रियता अपनाउन प्रेरित गर्न सक्छ। गरुडा नगरपालिकाले यसबाट एउटा नयाँ पाठ दिएको छ: बिकासको कामलाई समय सिमा र ऋतुसँग मात्र जोडेर हेर्नु हुँदैन।
गरुडा नगरपालिकामा भएको यो उल्लेखनीय प्रगतिको लागि मेयर जयसवाल र उनको टिमलाई धन्यवाद दिइन्छ। उनले देखाएको यो सक्रियता र साहस अन्य पालिकाहरूका लागि एक प्रेरणाको स्रोत बनेको छ ।

ताजा समाचार

Related Articles