राैतहटमा साेमबार करेन्ट लागेर एककाे मृत्यु

उपेन्द्र गाेले तामाङ
राैतहट २८ साउन
राैतहटमा साेमबार करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । साेमबार राैतहटकाे देवाही गाेनाही नगरपालिकाकाे वडा नम्वर ७ उचिडिहमा घर प्लस्टर गर्नु क्रममा करेन्ट लागेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । करेन्ट लागेर साेही टाेलका बर्ष १५ का गजेन्द्र प्रसाद कुश्वाहकाे ज्यान गएकाे हाे । घर प्लस्टर गर्ने क्रममा कुश्वाहले एक्कासी नाङगाे तारमा छाेएपछि करेन्ट लागेकाे स्थानियले बताएका छन । कुश्वाहलाई उपचारका लागी विरगञ्ज लैजाने क्रममा ज्यान गएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।

ताजा समाचार

Related Articles