उपेन्द्र गाेले तामाङ
राैतहट २८ साउन
राैतहटमा अन्तर्राष्ट्रिय युवा दिवसमा बृक्षाराेपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ । राैतहटकाे कटहरिया नगरपालिकाकाे वडा नम्बर ५ कटहरिया बजार क्षेत्रमा साेमबार अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसर पारेर स्थानिय जनसेवा युवा क्लवकाे अायाेजनामा बृहत बृक्षाराेपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएकाे क्लवका अध्यक्ष रामअाधार यादवले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।
कटहरियाका समाज सेवी तथा यूवा नेता नसरूदिन अंसारीले बजारलाई सफा सुन्दर होस् र बातावरण प्रदुषण नहोस् भन्ने उद्देश्यले फोहर व्यवस्थापनका लागि डस विन सहयोग गर्नु भएकाे र ठास ठाउमा साे डस विनहरु राखिएकाे बताइएकाे छ । त्यसै गरि साे क्षेत्रमा लगाइएकाे विरुवाकाे सहयाेग भने कटहरिया नगरपालिका वडा नं ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले गर्नु भएकाे जनाइएकाे छ । कटहरिया बजार क्षेत्र हराभरा स्वच्छ बातावरण बजाउने उद्देश्यले बिरूवा सहयोग गर्नु भएकाे बताउनु भयाे । साे बृक्षाराेपण कार्यक्रममा साथै जनसेवा यूवा कलवका पदाधिकारीहरु लगायत स्थानिय अगुवाहरुकाे सहभागीता रहेकाे थियाे ।

