जन्मकैदको सजाय पाएका महतो १६ वर्षपछि प्रहरीको फन्दामा

धनुषा, २४ साउन । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय तोकेपछि फरार रहेका एक जनालाई धनुषा प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–१३ का ५६ वर्षीय पवन महतो रहेको धनुषा प्रहरी प्रवक्ता एवम् डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार २०६५ सालमा महतोले स्थानीय नागेन्द्र यादवलाई गोली हानी हत्या गरेर फरार रहेका थिए । हत्यापछि फरार रहेका महतोको मुद्दामा सर्वोच्च अदालतले २०८० मंसिर ८ गते उनलाई जन्मकैदको फैसला गरेको थियो ।
महतोलाई बिहीबार प्रहरीले सबैला नगरपालिकाकै सबैला बजारबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषा पठाइएको छ ।

ताजा समाचार

Related Articles