राैतहट २४ साउन
राैतहटबाट सादा पाेशाककाे प्रहरी भन्दै रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । राैतहटकाे माधवनारायण नगरपालिकाकाे वडा नम्बर १ का बर्ष २४ का रमेश साहले स्थानियसंग अाफु सादा पाेशाककाे प्रहरी हु भन्दै रकम असुल्नुका साथै जिउ खाेजतलास गरेपछि स्थनियले प्रहरीलाई खबर गरेकाे ईलाका प्रहरी कार्उालय चन्द्रनिगाहपुरले जनाएकाे छ । साेही सुचनाका अाधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी टाेली निज साहकाे खाेजीमा गएकाे थिए । प्रहरीले चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ९ डुमरिया चाेकमा साहले देखेपछि शंका लागि चेकजाच गर्दा साहकाे झाेलाबाट तयारी अबस्थामा रहेकाे सशस्त्र प्रहरीकाे पाेशाक फेला पारेकाे थियाे । साेही पाेशाककाे अाधामा निज साहलाई पक्राउ गरि अभद्र ब्यवहारकाे मुद्दा दर्ता गरि कारवाही अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रबक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।

