एसइईको नतिजा आज  सार्वजनिक हुने

काठमाडौं,१३ असार । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज (बिहिबार)  सार्वजनिक हुन लागेको छ। हिजो (बुधबार) नतिजा प्रकाशित गर्ने भने पनि आन्तरिक तयारी नसकिएकाले आज  सार्वजनिक गर्ने निर्णय भएको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले जानकारी दिए । होजो बोर्ड बैठक बसेको थियो । बुधबारनै नतिजा प्रकाशन गर्ने तयारी भए पनि आन्तरिक तयारी सकिएन,सबै काम सक्दा राति हुने भयो,त्यसैले बिहिवार मात्रै नतिजा सार्वजनिक हुन्छ,’उनले भने । उनले आज बिहान ७ बजे बोर्ड बैठक बोलाएको र करिब ९ बजे नतिजा प्रकाशित हुने जानकारी दिए।
गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

ताजा समाचार

Related Articles