राैतहटकाे गाैरमा घर निर्माणकाे रकम भुक्तानीको माग गर्दै पीड़ितहरु धर्नामा

राैतहट १३ असार
राैतहटकाे गाैर स्थित पुर्वाधार कार्यालयमा पिडितहरुले मंगलबारबाट धर्ना दिएका छन । राैतहटकाे माैलापुरमा सञ्चालित जनता अावास कार्यक्रम अन्तरगत निर्माण भएकाे घरकाे भुक्तानी नदिएपछि उनीहरुले मंगलबारबाट भुक्तानीकाे माग गर्दै धर्ना दिएका हुन । साे कार्यक्रम अन्तरगत निर्माणका लागि स्थानिय सेवाग्रहीहरुले जसाेतसाे घर निर्माण गरेकाे तर अहिलेसम्म भुक्तानी नदिएकाले साे भुक्तानीकाे माग गर्दै धर्नामा बसेकाे पिडितहरुले बताएका छन । गाँस बास कपास माैलिक अधिकारकाे रुपमा कानुनी मान्यता भएपनि अाफ्नाे घरकाे निर्माणकाे भुक्तानी समयमा नै नगर्दा धर्नामा बस्नु परेकाे उनीहरुकाे भनाई रहेकाे छ । समयमा नै राैतहट लगायत विभिन्न जिल्लाहरुमा सञ्चालनमा रहेकाे जनता अावास कार्यक्रमलाई सम्पन्न गर्नु पर्न नागरिकहरुकाे बताउदै अाएकाे छ । जनता अावास कार्यक्रमलाई प्रदेश सरकारका मुख्यमन्त्री नै चासाे लिएर कार्यक्रमलाई विशेष प्राथमिकता दिनु पर्नेमा पिडितहरुकाे भनाई रहेकाे छ ।

ताजा समाचार

Related Articles