चिकित्सकमाथिको दुर्व्यवहारको विरोधमा रौतहट चिकित्सक संघद्वारा ज्ञापनपत्र

रौतहट, चन्द्रनिगाहपुर १२ साउन
नेपाल चिकित्सक संघ रौतहट शाखाले चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । शाखाका अध्यक्ष डा. सुवास कुमार चौधरीको नेतृत्वमा गएको चिकित्सकहरूको टोलीले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर तथा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमार्फत संघले चिकित्सकहरूको पेशागत सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम तत्काल कारबाही गर्न तथा यस्ता घटना पुनः नदोहोरिने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ । अध्यक्ष डा. चौधरीले आफ्ना मागहरू यथाशीघ्र सम्बोधन नभए चिकित्सकहरू थप सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिनुभएको छ ।

ताजा समाचार

Related Articles