राैतहट १५ जेष्ठ
रौतहटकाे चन्द्रपुर ४ मा रहेकाे दुर्गा मन्दिरकाे मंगलबार सरसफाई गरिएकाे छ । महेन्द्र राजमार्गमा रहेको दुर्गा मन्दिर परिसरमा सरसफाई कार्यक्रम मंगलबार सम्पन्न गरिएको दुर्गा मन्दिर क्षेत्र बिकास समितिका अध्यक्ष मनाेज तिमल्सिनाले बताउनु भयाे । सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,जिल्ला ट्राफिक कार्यालय रौतहट र दुर्गा मन्दिर क्षेत्र बिकास समितिको अगुवाइमा मन्दिर क्षेत्रको सरसफाइ गरिएको अध्यक्ष तिमल्सिनाले बताउनु भयाे । सामाजिक कार्यमा प्रहरीको अग्रसरता हुनु सकारात्मक कदम भएको समितिका अध्यक्ष मनोज तिमल्सिनाकाे भनाई रहेका छ । कार्यक्रममा ५० जनाको सहभागिता रहेको जनाइएकाे छ ।

