एसईई परिक्षा सुरु

रौतहट,१५ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ ।
आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ ।
एसईइ परिक्षामा रौतहटबाट ९ हजार ४ सय ६९ बिद्यार्थी सहभागीता जनाउने भएका छन । रौतहटबाट ४ हजार ५ सय ८ जना छात्र र ४ हजार ९ सय ६१ जना छात्रा सहित ९ हजार ४ सय ६९ जना बिद्यार्थीले भोली देखि हुने एसईइ परिक्षामा सहभागिता जनाउने शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख उपसचिब राम बिनय सिंहले जानकारी दिएका छन । सो परिक्षामा रौतहटमा रहेका १ सय १४ वटा सामुदायिक तथा निजी बिद्यालयका बिद्यार्थीहरु सहभागि छन भने ३९ वटा परिक्षा केन्द्र तोकिएको प्रमुख सिंहले जानकारी दिए ।परिक्षामा ३९ जना केन्द्राध्यक्ष,६२ जना सह केन्द्राध्यक्ष,४ सय ७६ जना निरिक्षक,१ सय ८९ जना परिचर र ५ सय ८५ जना सुरक्षाकर्मी परिचालन हुने उनले बताए । परिक्षामा दृष्ट्रि बिहिन १ जना,जिल्ला कारागारमा रहेका १ जना,इलाका प्रहरी कार्यालय बिजयपुरको हिरासतमा रहेका १ जना परिक्षार्थी समेत रहेको सिंहले जानकारी दिएका छन । यसैगरी प्राबिधिक धार तर्फ २ सय ५० जना र ग्रेड बृद्धिमा २६ जना माबि महमदपुर केन्द्रमा परिक्षार्थी सहभागी हुने उनले जानकारी दिएका छन ।

ताजा समाचार

Related Articles