रौतहट ३ चैत्र
रौतहटमा शनिबार बाल विवाह , बहु विवाह , दाइजो प्रथा लगायतका महिला कसुर सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ५ कटहरिया बजारमा अबस्थित विवाह मण्डप भवनमा सो कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले तराई पोष्टलाई जानकारी दिनु भयो । कार्यक्रममा बाल विवाह, बहु विवाहको परिचय,असर र कानुनी व्यवस्थाको बारेमा जानकारी गराउँदै दाईजो लिनु र दिनु अपराध हो , छोरीलाई शिक्षाबाट बन्चित नगरौं छोरी शिक्षित भए परिवार शिक्षित हुन्छ भन्ने जस्ता अन्य महिला विरुद्ध हुने कसुरको बारेमा जनचेतना कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । “ बाल विवाह ,बहु विवाह, दाईजो प्रथा लगायत महिला विरुद्द हुने कसुर ” सम्बन्धी जनचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ र प्रहरी नायव उपरीक्षक एलिजा गिरी कटहरीया नगरपालिकाका पालिका प्रमुख ,उपप्रमुख,विभिन्न वडाका वडा अध्यक्ष स्थानीय भद्रभलादमी,संचारकर्मी र विशेष गरी सोही नगरपालिकाभित्र बसोबास गर्ने महिला,वालिका,जेष्ठ नागरीक र विभिन्न विद्यालयका विधार्थी, शिक्षक, शिक्षिका तथा अभिभावकहरु गरी अं. ४८० जनाको सहभागितामा जनाएका थिए ।