रौतहटमा कुष्ठरोगका बिरामी बढ्दो

रौतहट, ३ चैत । पछिल्लो समय रौतहटमा कुष्ठरोगीको बिरामी बढ्दै गएको छ । रौतहटमा १३७ जना कुष्ठरोगी उपचारत रहेको र सबैभन्दा बढी गुजरा नगरपालिकामा रहेका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार स्वास्थ्य कार्यालय रौतहटको आयोजना र तथा लेप्रोसी मिसन नेपाल र आइरिश एडको आर्थिक सहयोगमा रौतहटका पत्रकारहरु सँग कुष्ठरोग सम्बन्धी एकदिने अभिमुखी करण कार्यक्रममा सो कुरा जानकारी गराइएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कुष्ठरोग निवारणबारे बताउँदै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कुष्ठरोग शाखा प्रमुख महेश साहले उक्त जानकारी दिएका हुन् । उनले अहिले कुष्ठरोग निको हुने रोग भएको पनि बताए ।
उनले भने, कुष्ठरोग सरुवा भए पनि जुन व्यक्तिमा रोगसँग लड्ने क्षमता हुँदैन त्यही व्यक्तिमा मात्र सर्छ । अरु सँगै बसे पनि केही फरक नपर्ने उनले बताए । २०६६ माघ ५ गते नै नेपालबाट कुष्ठरोग निवारण भइसकेको घोषणा भए पनि मधेश प्रदेशमा अझै पनि कुष्ठरोगको जोखिम रहेको बताए ।

रौतहटमा मात्रै अहिले १ सय ५० जना नयाँ र १ सय ५३ जना पुरानो रोगी रहेको उनले जानकारी दिए । जसमा १ सय ३७ जना बिरामी अझै उपचारत रहेको शाखा प्रमुख साहकोे भनाइ छ ।
रौतहटमा सबैभन्दा बढी कुष्ठरोग प्रभावित गुजरा नगरपालिका रहेको र सबैभन्दा थोरै प्रभावित दुर्गा भगवती गाउँपालिका रहेको पनि शाखा प्रमुख साहले जानकारी दिए ।

रौतहटका १८ वटै स्थानीय तहको तथ्यांकअनुसार सबै भन्दा गुजरा नगरपालिकामा २३ जना र सबैभन्दा थोरै दुर्गा भगवती गाउँपालिकामा ३ जना कुष्ठरोगी फेला परेको र उनीहरूको औषधी उपचार भइरहेको पनि उनले बताए । शाखा प्रमुख साहले कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे ।

कुष्ठरोगी फेला परे पनि नाम गोप्य राखी समाजमा अपहेलित नहुने हिसाबले उपचार गर्नुपर्ने समेत उनले बताए ।
बजेट अभाबको कारण हरेक नागरिकलाइ कुष्ठरोग बारेमा सचेत गराउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कुष्ठरोग शाखा प्रमुख महेश साहले गुनासो छ ।

तर पनि आफुलाइ कुष्ठरोग लागेको शंका लागेमा हरेक नागरिकले आफ्नो नजिकैको स्वास्थ्य चौकीमा गएर निशुल्क स्वास्थ्य परिक्षण गराउन साहले आग्रह गरेका छन । कुष्ठ रोगीहरुको रौतहटमा ८ वटा समुह सक्रिय रहेको समेत उनले जानकारी दिएका छन ।

ताजा समाचार

Related Articles