रौतहट १ चैत्र
सभ्य र सुरक्षित तरिकाले होली पर्व मनाउन रौतहट प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले विहिबार एक सुचना जारी गरि हाली पर्वलाई मर्यादित सभ्य र सुरक्षित तरिकाले मनाउन अनुरोध गरेको छ । होली पर्वमा जाड रक्सिको सेवन गरि असभ्य , अशिष्ट ब्यवहारहरु गर्ने गराउने हुदा सो कार्यहरु नगर्न प्रहरीले अपिल गरेको हो । होली भारचाराको पर्व भएकाले इच्छा विपरित , अविर बाहेक विभिन्न किसिमका रंगहरुका साथै कालो मोविल , हिलो , फोहर बस्तुहरु समेतको प्रयोग गर्न विकृति फैलिएकाले यस्तो कार्य समेत नगर्न आम नागरिकहरुलाई आफेहरुले सचेत गराएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरिक्षक एलिजा गिरीले तराई पोष्टलाई जानकारी दिनु भयो । कानुन विपरित कुनै कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने समेत उहाले बताउनु भयो । रंगको पर्व होली चैत्र ११ र १२ गते भब्य रुपमा मनाउन आम नागरिकहरुले तयारी शुरु गरिसकेका छन ।

