रौतहट १ चैत्र
रौतहटको गौर भन्सार कार्यालयले ९० थान मोटरसाइकल र २ थान स्कुटर लिलामी विक्रि गर्ने भएको छ । रौतहटको गौर भन्सार कार्यालय रौतहटमा विभिन्न ब्राण्डका सवारी साधनहरु अलपत्र अबस्थामा रहेका छन । सो अलपत्र अबस्थामा रहेका ९० थान मोटरसाइकल , २ थान स्कुटर र ४ थान चार चक्के पिकअप गाडि लिलामी विक्रिमा राखिएको छ । रौतहटका विभिन्न प्रहरी चौकीहरुमा समेत लाखौ करोडौका सवारी साधनहरु कवाडीमा परिणत हुदै आएको छ । इच्छुक ब्यक्तिहरुले २०८० चैत्र ४ गतेसम्मको बोलपत्र आब्हान गरिएको गौर भन्सार कार्यालय रौतहटले जनाएको छ । थप जानकारीका लागी गौर भन्सार कार्यालयको मुद्रा शाखामा सम्पर्क गर्न भन्सार कार्यालयले अपिल समेत गरेको छ ।

