रौतहट ३० फागुन
रौतहटको चन्द्रनिगाहपुरमा व्यवसायी र राजस्व विषयक खुल्ला अन्तरक्रिया कार्यक्रम हुने भएको छ । रौतहटको ब्यापारिक नगर चन्द्रपुरका ब्यापारीहरुलाई नेपाल सरकारको राजस्वका बारेमा विस्तृत जानकारी गराई राजस्व संकलन र सो सम्बन्धि समस्याहरुको निगरानीका लागी ब्यापारीहरुसंग छलफल गर्नु पर्ने आवश्यकता भएकाले कार्यक्रमको आयोजना गरेको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय सापकोटा सुरेनले जानकारी दिनु भएको छ । सो अन्तरक्रिया कार्यक्रम चैत्र ३ गते शनिबार विहान ७ बजेर ३० मिनेटको समयमा हिमालयन होटल चन्द्रपुरमा सम्पन्न हुने सापकोटाले बताउनु भएको छ । चन्द्रपुर नगर क्षेत्र भित्र व्यापार व्यवसाय गर्ने व्यवसायीहरु र आन्तरिक राजश्व कार्यालय सिमरा, करदाता सेवा कार्यालय चपुर, चन्द्रपुर नगरपालिका राजश्व शाखा, चन्द्रपुर नगरपालिका बजार अनुगमन समिति, ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख/प्रतिनिधिहरुको बीच व्यवसायी र राजश्व विषयक खुल्ला अन्तरक्रिया कार्यक्रम राखिएको र सम्पूर्ण उद्योगी व्यवसायी एवं सरोकारवालाहरु लगायत सञ्चारकर्मीहरूलाई सहभागीताका लागी चन्द्रपुर नगर उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुरले अपिल समेत गरेको छ

