रौतहट प्रहरीद्धारा अबैध चोरी निकासी कुखुरा नष्ट

रौतहट ३० फागुन
रौतहट प्रहरीले गौरबाट अबैध चोरी निकासीका २४ ओटा कुखुरा नष्ट गरेको छ । मंगलबार अन्दाजी बिहान १० बजेको समयमा रौतहटको गौर नगरपालिकाको वडा नम्बर ७ मा भारतबाट अबैध रूपमा चोरी निकासी गरि साइकलमा ल्याउदै गरेको २४ ओटा कुखरा प्रहरी गस्ति टोलीले फेला पारी सो कुखुरा नियन्त्रण लिइएको हो । नियन्त्रित सो कुखुरा सञ्चारकर्मी , भद्रभलाद्मी , बुद्धिजिवि तथा प्रहरीको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको पेरिमिटरभित्र खाल्टोमा पुरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles