रौतहटको चन्द्रपुरमा लागु औषध गाजासहित एक जना पक्राउ

रौतहट २८ फागुन
रौतहटको चन्द्रपुर नुनथरबाट अबैध लागुऔषधसहित एक जना पक्राउ परेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ नुनथरमा शंकास्पद सामान बोरामा बोकी ल्याइरहेको अबस्थामा इलाका प्रहरी कार्यालय चन्द्रनिाहपुरको प्रहरी गस्ति टोलीले चेकजाच गर्दा अबैध गाजासहित पक्राउ परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सोमबार राती अन्दाजी ८ बजेको समयमा रौतहको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ बस्ने बर्ष ३७ का सन्त बहादुर तामाङ सानेलाई लागुऔषध १५ किलो ४०० ग्राम गाजासहित नियन्त्रणमा लिइएको जनाएको छ । बिशेष सुचनाका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको बताएको छ । उहाको साथबाट भिभो कम्पनिको एक थान मोवाइल , नगद ४० हजार रुपिया बरामत गरेको जनाएको छ । तामाङलाई थप कारवाहीका लागी आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

ताजा समाचार

Related Articles