रौतहटको गौरबाट ट्रयाक्टरसहित डिजे साउण्ड सिस्टम प्रहरी नियन्त्रणमा

रौतहटको गौर नगरपालिकाबाट सोमबार डिजे साउण्ड सिस्टमसहित एक ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिइएको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर ५ मा सोमबार अन्दाजी दिउसो ४ बजेको समयमा सार्वजनिक सडकमा चर्को आवाजमा अश्लिन गितहरु बजाउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ति टोलीले सो ट्रयाक्टरसति साउण्ड सिस्टम र चालकलाइ समेत नियन्त्रणमा लिएर कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले यस किसिमको क्रियाकलाप नगर्न अनुरोध गरेको थियो । चर्को ध्वनिसहितको डिजे साउण्डले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले जिल्ला प्रहरी कार्यालयले पुन यस्तो कार्य नागरिकहरुलाई अनुरोध समेत गरेका छ ।

ताजा समाचार

Related Articles