सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं, १४ फागुन । सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन्। 

बरथहवा ६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विषयमा भएको विवादमा प्रहरीले गोली चलाउँदा साहको ज्यान गएको थियो।

ताजा समाचार

Related Articles