गरुडा,२९ माघ । नयाँ नेतृत्वको लागि नेकपा एमाले रौतहटका अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएको छ ।
साहले कुल १९३ मत ल्याएर निर्वाचित भएका छन् भने, उनका निकिटम प्रतिद्वन्दी अखिलेश्वर चौधरी १७५ मत ल्याएर पराजित भएका हुन् ।
यस्तै उपाध्यक्ष पदमा रुपेश कुमार पटेल निर्वाचित भएका हुन् ।
उपाध्यक्ष पदमा ६ जनाका उम्मेदवारी दर्ता रहेको थियो । पटेलका निकटम प्रतिद्वन्दी सुरेश राई यादवले ८९ मत ल्याएर पराजित भएका हुन् भने, मनिलाल सहनी ४४ मत, चन्दन कुमार कुशवाहा ३७ मत, उपेन्द्र राई यादव ३१ मत, राम अशिष साह तेली १२ मत ल्याएर पराजित भएका हुन् ।
यस्तै सचिव पदमा बाबुराम दाहाल निर्वाचित भएका छन् । तराई पोष्ट । दाहाल २०२ मत ल्याएर सचिव पदमा निर्वाचित भएका हुन् भने उनका निकटम प्रतिद्वन्दी शिवप्रसाद आचार्य १४७ मत ल्याएर पराजित बेहोरेका छन् ।
यस्तै उपसचिव पदमा अवधेशकुमार यादव निर्वाचित भएका छन् । उपसचिव पदमा पाँच जनाको उम्मेदवारी रहेको थियो ।तराई पोष्ट ।
यादव १२९ मत ल्याएर निर्वाचित भएको छ, भने उनका निकटम प्रतिद्वन्दी अशोक कुमार पहाडी ७५ मत, फेजल अहमद ६८ मत, कमलेश कुमार मिश्र ३७ मत र सोविन्द्र चौधरी ३३ मत ल्याएर पराजित भएका हुन् ।
एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ ।
सोमबार पार्टी कार्यालय गरुडामा बिहान १० बजेबाट दिउँसो २ बजेसम्म मतदान भएको थियो ।
निर्वाचनमा कुल ४ सय २६ मतदाता मध्ये ३९१ मत मात्र खसेको थियो ।

