जंगली हात्तीको आक्रमणबाट बारामा एकजनाको मृत्यु

बारा २९ माघ। बारामा जंगली हात्तीको आक्रमण बाट एकजना पुरुषको मृत्यु भएको छ।
जंगली हातिको आक्रमणबाट बाराको कोल्हबी नगरपालिका वडा नं- ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५४ बर्षको पारस खां थारुको  मृत्यु भएको प्रहरीले जनाएको छ।
आईतवार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बिचमा पर्ने जङ्गलमा हातीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।
मृतक थारुको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाईएको ईलाका प्रहरी कार्यलय कोल्हबिका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले बताएका छन ।

ताजा समाचार

Related Articles