वीरगञ्ज, २० पुस । ५६ लाख मूल्य भन्दा बढीको कपडा लोड गरेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा समानहरु लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित सडकखण्डबाट कपडा तथा खुद्रा समानहरू लोड ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.६ ख ७७९८ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार नियन्त्रणमा लिएको ट्रक भित्र रहेको कपडा तथा खुद्रा सामानहरुको ५६ लाख ५ हजार ६ सय ८४ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।