लोकदोहोरीमा जमेकी सरिता सारु मगर

पोखरा । चिप्लेढुंगास्थित निरमाया दोहोरी साँझमा पुग्नेहरु एक समय जो कोही पनि सरिता सारु मगरको स्वरमा गीत सुन्न चाहन्थे । कतीपय त त्यहाँ पुगेपछि उनीसँग दोहोरी नखेली फर्कन समेत मान्दैन थिए । अहिले सरिता सारु मगर लोक तथा दोहोरी क्षेत्रमा एक परिचित नाम भईसकेको छ । नेपाल मगर सांस्कृतिक संघ जिल््ला समन्वय संघ कास्की अध्यक्षसमेत रहेकी सारु मगर १६ वर्षदेखि सांगीतिक क्षेत्रमा क्रियाशील छिन् ।
उनले ‘यो जिन्दगी के छ र’, ‘तानेर लैजाउँ कि क्या हो’, ‘अभागिनी’, ‘तिमी अनि म’, ‘सालैजो’, ‘झल्को आउँछ, रुन मन लाउँछ’ लगायतका दर्जनौ लोक दोहोरी भाकाहरु स्रोत दर्शकमाझ ल्याइसकेकी छन् ।
विगतमा चिप्लेढुंगास्थित निरमाया दोहोरी साँझमा एक दशकसम्म गीत गायिका उनी हाल फेवा टेलिभिजन, रोधी टेलिभिजन र गोर्खा मिडिया युट्युब च्यानलबाट प्रसारित हुने लाइभ दोहोरी कार्यक्रममा व्यस्त छिन् । उनी अहिलेकी व्यस्त गायिकामा पर्छिन् ।
२०६४ माघदेखि लोक तथा दोहोरी क्षेत्रमा पाइला टेकेकी उनले सबैतिरबाट प्रशंसा सुन्दा खुसी व्यक्त गर्दछिन् । स्टेज कार्यक्रमका लागि विभिन्न जिल्ला घुमिसकेकी उनले कौडा गीत तथा चलचित्रको गीतमा पनि स्वर भरेकी छन् । तनहुँ बन्दीपुरकी सरिता आगामी दिनमा पनि दर्शकको मायासँगै यसरी नै गीतसंगीतमा क्रियाशील हुने बताउँछिन् ।

ताजा समाचार

Related Articles